आ.व. २०७२/७३ भन्दा अघि सिंचाई विभागले आफ्ना भूमिगत सिंचाई सम्बन्धी कार्यहरु भूमिगत जलस्रोत विकास समिति मार्फत गराउदै आएकोमा आ.व. २०७२/७३ को सिंचाई विभागको संस्थागत संरचना पछि भूमिगत जल विकास डिभिजन, दाङबाट कार्य सञ्‍चालनमा आयो र कार्य क्षेत्रमा तत्कालिन बुटवल शाखाले हेर्ने कपिलवस्तु सहित दाङ, अर्घाखाँची, प्यूठान र रोल्पा गरी पाँच जिल्लामा विस्तार भयो।मुलुक संघीयतामा प्रवेश गरेसँगै नेपालमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह गरी तीन किसिमको संरचना स्थापना भयो र भूमिगत जलस्रोत तथा सिंचाईको कार्य क्षेत्र तथा संरचना समेत परिवर्तन भयो । तत्कालिन अवस्थामा कार्यान्वयनमा रहेका भूमिगत जल सिंचाई विकास डिभिजनहरु प्रदेश सरकारमा हस्तान्तरण भएर, २०७५ सालमा तत्कालिक प्रदेश नं. ५ (हाल लुम्बिनी प्रदेश) मा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दाङको रुपमा स्थापना भयो ।हाल यसको कार्यक्षेत्र दाङ, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र पुर्वि रुकुम गरी छ जिल्ला रहेका छन ।भूमिगत जलस्रोतको अन्वेषण, भूमिगत जलको माध्ययमबाट सिंचाई सुविधा उपलब्ध गराउने यस कार्यालयको उदेश्य रहेको छ ।